सिवाइसी नेपाल लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन
१४ आश्विन २०७८, बिहीबार १४:१८
१४ असोज, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा असोज ११ गते बोर्डमा निवेदन दर्ता गराएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ