एनआईबिएल एस क्यापिटलको २६ प्रतिशत नगद लाभांश पारित
१५ आश्विन २०७८, शुक्रबार ११:५४
१५ असोज, काठमाडौं । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज असोज १५ गते शुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा सम्पन्न भएको जनाएको छ ।
सभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।