लक्ष्मी लघुवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा
१७ आश्विन २०७८, आईतवार ०७:२७
काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश घोषणा गरेको हो।
लघुवित्तको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र करसमेत गरी ७.३६८४२१ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।