ग्राहकहरुलाई सिटी सेन्टरका व्यवसायीहरुले सामानमा ५० प्रतिशतसम्म छुट दिने
१८ असोज, काठमाडौं । कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्गमलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।
किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।
शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ ।लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् ।
यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ ।असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ ।
चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कार्तिक २०७८ ९छठ पर्व० सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।