न्यादी हाइड्रोपावरको आईपीओमा करिब १९ लाखको आवेदन, ११ गुणा बढी शेयर माग

१८ आश्विन २०७८, सोमबार १३:१२

१८ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा करिब १९ लाखले आवेदन दिएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा १८ लाख ९३ हजार ९५७ आवेदनबाट २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताको लागि आवदेन परेको छ ।यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ११.५२ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गेरको शेयरमा माग भन्दा बढी आवेदन परिसकेकोले भोली असोज १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *