धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त
२० आश्विन २०७८, बुधबार १३:५६
२० असोज, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरेका हुन् । सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई सरकारले निलम्बन गरी छानविन गरेको थियो ।