प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता
२१ आश्विन २०७८, बिहीबार १२:०८
२१ असोज, काठमाडौँ । प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच एक सम्झौता भएको छ । ग्राहकहरूलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको हो ।
सम्झौता पत्रमा वेष्टर्न युनियन नेटवर्क (आयरल्याण्ड) लिमिटेडका तर्फबाट प्रतिनिधि एलेन तथा प्रभु मनि ट्रान्सफरका तर्फबाट रामेश्वर सापकोटाले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौतासँगै ग्राहकले विदेशमा वेष्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुने जनाएको छ । यस कार्यबाट ग्राहकहरुलाई अझ सहज तरिकाले रकम प्राप्त हुने जानकारी प्रभु मनि ट्रान्सफरले जनाएको छ ।