दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे २ अर्बमा सीमित

४ कार्तिक २०७८, बिहीबार १०:०५

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेपालको सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से १४.७० अंकले घटेको हो। यससँगै नेप्से २५५६.९६ विन्दुमा ओर्लिएको छ।

आइतबारबाट खुलेको नेप्से पहिलो दिन १७.५९ अंकले बढेको थियो। त्यसपछि सोमबार र मंगलबार क्रमश: ६९.५१ र ७७.३३ अंकको गिरावट आएको थियो। बुधबार भने नेप्से ६०.५६ अंकले बढेको थियो।

नेप्सेमा आज (बिहीबार) दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २१६ वटा कम्पनीका ६१ लाख छ हजार ४५२ कित्ता सेयर ३६ हजार ७६२ पटक किनबेच भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.४० विन्दुमा ओर्लिएको छ।

आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। जोसी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.८७ प्रतिशतका दरले गुमाएका छन्।

आज सानिमा बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै २७ करोड १२ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही बैंकको सेयर सबैभन्दा धेरै पाँच लाख ५० हजार ७६३ कित्ता तीन हजार ४७६ पटक किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक राताम्य बनेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *