चैत्रभित्र सम्म सबै नेपालीलाई खोप लगाइसक्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

११ कार्तिक २०७८, बिहीबार ०९:२१

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र मातहतका सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

यस्तै बैठकमा कोरोना महामारीको अवस्था, चाडवार्डको बेला बढ्न सक्ने सङ्क्रमणलगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुल जनसङ्ख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ।

देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा बैठकमा गरेको पहिलो सम्बोधनमा चैत्रभित्र सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *