प्राइम कमर्शियल बैंकको लाभांश घोषणा
२३ कार्तिक २०७८, मंगलवार ०५:१२
काठमाडौं– प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।