जिवेश दाहालले पाए आइएमई ‘डबलको डबलको डबल’ अफर

३ मंसिर २०७८, शुक्रबार ०३:२७

आइएमईले दशैं र तिहारलाई लक्षित गरी आइएमई ‘डबलको डबलको डबल’ अफर अन्तर्गत यही कात्तिक २ गते एक समारोहबीच बम्पर विजेता घोषणा गरेको छ । लक्की ड्रबाट बम्पर विजेता दोलखा स्थायी घर भएका जिवेश दाहाल रहनुभएको छ । उहाँले दुवाईबाट आफ्नो परिवारलाई आइएमईको रेमिट्यान्सबाट रकम पठाउँदा उक्त पुस्कार जित्नुभएको हो । उहाँले १२ लाख ५२ हजार ४ सय ६४ रकम जित्नुभएको थियो । यो रकम उहाँले पठाएको रकमको आठ गुणा हो । उहाँले आफ्नो परिवारलाई १ लाख ५६ हजार ५ सय ५८ रुपैयाँ पठाउनुभएको थियो । उक्त डम्बर विजेताको घोषणा आइएमईका ब्राण्ड एम्बेसडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्तरुपमा गर्नुभएको थियो ।

त्यसैगरी आठौं हप्ताका विजेतालाई चेक हस्तान्तरण समेत गरिएको थियो । आठौं हप्ताका विजेता मुना क्षेत्रीलाई आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले ८६ हजार रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
उक्त विजेता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवं आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो– विदेशमा नेपालीहरुले दुःख गरेर कमाएको रकम फर्मली भरपर्दो माध्यमबाट उनीहरुको आफन्तलाई उपलब्ध गराउन आजभन्दा २० वर्ष अगाडि आइएमईको र अहिले आइएमई एउटा रेमिट्यान्सको ब्राण्डनै भएको बताउनुभयो । यसैगरी आइएमईले हरेक वर्ष सेवाग्राहीलाई फाइदा पुग्ने यस्ता खाले योजना ल्याउँदै आइरहेको र कोभिडको समय कोभिडबाट मृत्यु भएका १०८ जनाको आफन्तलाई रकम हस्तान्तरण गरेको बताउनुभयो ।

वम्पर विजेता घोषणा कार्यक्रममा आइएमईका सिइओ सुमन पोखरेलले सबैलाई स्वागत गर्दै रेमिट्यान्स यो गएको तीन महिनामा खस्केको बताउनुभयो । यसो हुनुमा कोभिड र हुण्डीजस्ता कारकतत्व रहेको बताउनुभयो । त्यसैगरी बम्पर विजेतालाई बधाई दिँदै यो स्किममा भाग लिनुभएका सबैलाई धन्यवाद समेत दिनुभएको थियो । यस योजना अन्तर्गत अहिलेसम्म एक जना लक्की ड्र मार्फत बम्पर विजेतासहित कुल २१ जनाले लाभ लिनुभएको बताउनुभयो ।

त्यसैगरी आइएमईका ब्राण्ड एम्बेसडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले आइएमई दुःखको साथी बनेर आएको र यस्ता योजना हरेक वर्ष ल्याउँदै गरेको बताउनुभयो । कोरोनाको महामारीको बीचमा पनि आइएमई चुप लागेर बसेन केही न केही स्किमहरु ल्याइनै रह्यो दीपाश्री निरौलाले भन्नुभयो। त्यस्तै अर्का ब्राण्ड एम्बेसडर दीपकराज गिरीले आइएमईमा यति लामो समयसम्म जोडिन पाएकोका खुशी व्यक्त गर्नुभयो । स्किमहरु आफूले नजिते पनि पुरस्कार दिन पाउँदा खुशी लागेको र यस्ता स्किमहरुले सेवाग्राही र संस्थालाई जोड्न पुलको काम गर्ने धारणा राख्नुभयो ।

आइएमई लिमिटेडको बारेमाः
आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु(याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१ ऋों वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *