मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

१७ मंसिर २०७८, शुक्रबार ०५:०१

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगंज प्रा. लि.सँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको हो।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट को फाइदा लिन सक्नेछन्।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिषा नेटर्वकमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *