द्वन्द्व पीडित अपाङ्ग समाजलाई ज्योति विकास बैंकको सहयोग
१८ मंसिर २०७८, शनिबार १६:२७
ज्योति विकास बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व पीडित अपांग समाज–नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ।
अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा बैंककी साँखु शाखाकी शाखा प्रबन्धक रीमा प्रधानद्वारा शंखारापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपांग समाज–नेपालका अध्यक्ष युबराज थापालाई रु. ५० हजार बराबरको औषधी हस्तान्तरण गरेकी हुन् ।