महालक्ष्मी बैंकद्धारा निःशुल्क स्वास्थ्य परीक्षण
महालक्ष्मी विकास बैंकले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । “सबल बंैंक, सफल सहकार्य” को नारा लिएर वैकिङ सेवा प्रदान गर्दै आएको बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जनाएको छ ।
महेन्द्रनगरकोे महाकाली जनज्योती आधारभुत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी समेत वितरण गरिएको बैंकले जनाएको छ ।
महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकायाको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण गरेको जानकारी दिए ।
बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत ६ लाखभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।