कोरोना महामारीका कारण बोटलर्स नेपाल तराई र बालाजुले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने

२७ पुष २०७८, मंगलवार ०७:१२

बोटलर्स नेपाल तराई र बालाजु कम्पनीको पुस २८ गते गर्ने भनिएको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।

कोरोना महामारीको रोकथाम नियन्त्रण र उपचारको निमित्त २५ जनाभन्दा बढी भेला हुने रोक लगाएको सन्दर्भमा नेपाल सरकारको निर्देशन अनुसार साधारण सभा गर्नुपर्ने भएकाले शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागि हुन अनुरोध गरेको छ ।

बोटलर्स नेपाल (बालाजु) ले ४३औं वार्षिक साधारण सभा पुस २८ गते बेलुका ४ बजे होटल र्‍याडिसन लाजिम्पाट काठमाडौंमा गर्ने जानकारी गराएको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र एकजना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गतेदेखि २८ गतेसम्म बन्द रहने कम्पनीले जानकारी गराएको छ ।

त्यसैगरी, बोटलर्स नेपाल (तराई) कम्पनीले ३५औं साधारण सभा पुस २८ गते बिहान होटल र्‍याडिसन लाजिम्पाट काठमाडौंमा हुने जानकारी गराएको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गतेदेखि २८ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यी दुवै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *