आजदेखि उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली लागू
Heading1
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।
सम्बन्धित खबर
कहिले कार्यान्वयन हुन्छ बढ्दै गइरहेको प्राणघातक वायु प्रदूषण रोकथामका कार्ययोजना ?
२७ मंसिर २०८२, शुक्रबारसपोर्ट लघुवित्तको साढे ३१ प्रतिशत लाभांश प्रस्ताव
२७ मंसिर २०८२, शुक्रबार
पानी पर्ने क्रम अलि मत्थर हुने, बाढी–पहिरोको जोखिम कायमै
२७ मंसिर २०८२, शुक्रबार
