कामना सेवा विकास बैंक र MOCO एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी

१७ माघ २०७८, सोमबार १६:५४

कामना सेवा विकास बैंक लिमिटेड र ःइऋइ एप बिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत श्री प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।
MOCO] एप नेपालमा पहिलोे ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै त्तच् कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब MOCO] एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ ! Extension Counter र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *