गरिमा विकास बैंकका ग्राहकलाई ‘गोल्डस्टार’ जुत्ता किन्दा १५ प्रतिशत छुट

Heading3 BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको छ।

यसलाई निरन्तरता दिँदै यस बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५% छुट प्राप्त गर्न सक्नेछन्। यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुनेछैन ।

हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp