राजधानी किभतर्फ लम्किँदै रुसी सेना, वार्तापछि आक्रमण तीव्र

१८ फाल्गुन २०७८, बुधबार ०३:५३

एजेन्सी ६ दिनअघि युक्रेन प्रवेश गरेका रुसी सैनिकहरूले राजधानी किभ कब्जा गर्नका लागि त्यसतर्फ लम्किँदै गरेको बताइएको छ । राजधानी किभ पुग्न ६५ किलोमिटर परसम्म मात्रै उनीहरूले फौज खडा गरेका छन् ।

साथै राजधानी कब्जा गर्नका लागि उनीहरूले हमला गर्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । रुसी सैनिकहरूको समूहका स्याटेलाइट तस्बिरहरू मंगलबार सार्वजनिक गरिएको छ । जहाँ उनीहरू सोमबार आधुनिक हातहतियारसहित किभदेखि २१ किलोमिटरसम्म पुगेका थिए ।

युक्रेनका सेना प्रमुखले फेसबुकमा लेखेका छन्, रुसी सेनाले पछिल्लो २४ घण्टायता किभ र अन्य प्रमुख सहर कब्जा गर्नका लागि रुसी सेना संगठित बनेको छ ।

अमेरिकी कम्पनी म्याक्सर टेक्नोलोजीले स्याटेलाइट तस्बिरमा रुसी सेना किभदेखि ६५ किलोमिटर टाढा देखिएको जनाएको हो। त्यहाँ उनीहरूले सैन्य फौज नै खडा गरेको बताइएको छ ।

यस्तै तस्बिहरूहरूमा देखिए अनुसार उनीहरूले युक्रेनको सीमा नजिकै बेलारुसको दक्षिणी सीमा क्षेत्रमा थप सैन्य फौज र युद्ध हेलिकप्टर तयार पारेका छन् । अलजजिराका अनुसार रुसी सैनिकले रातभर आक्रमण गरेको आवाज सुनिएको जनाएको छ । जुन किभका बासिन्दाका लागि कठिन दिनको रुपमा टिप्पणी गरिएको छ ।

साथै किभका अधिकांश बासिन्दाहरू सेल्टरमा बस्न खोजेको बताइन्छ । सोमबार भएको पहिलो चरणको वार्ता सकिएपछि भने विस्फोट झन् तीव्र बनेको बताइएको छ । रुसले युक्रेनमाथि हमला गर्न थालेको ६ दिनयता मात्रै ५ लाख भन्दा धेरै मानिस भागेर छिमेकी देश लगायत सुरक्षित स्थानतर्फ गएका छन् । यस क्रममा १४ बालबालिकासहित ३५२ सर्वसाधारणहरू मारिएका छन् । साथै ७० जना युक्रेनका सैनिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

रुस भने अन्तर्राष्ट्रिय समुदायको विरोधका बावजुद युक्रेनमाथि निरन्तर हमला गर्दैआएको छ । सोमबार दुई देशका प्रतिनिधिहरू वार्तामा बसे पनि रुसले आक्रमण रोकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *