उपकार लघुवित्तको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो ?

९ बैशाख २०७९, शुक्रबार ०४:४१

उपकार लघुवित्त वित्तिय संस्था निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओको प्रि–अलटमेन्ट मंगलबार सम्पन्न भइसकेको छ । संस्थाको आईपीओका लागि २४ लाख ३१ हजार १ सय ७० जनाले आवेदन दिएका छन् । लगानीर्ताहरुले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपियाँ बराबरको २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ता लागि आवेदन दिएका हुन् ।

कम्पनीले चैत २५ गतेदेखि ३० गतेसम्म प्रति शेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार रुपियाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कूल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ । ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिक लगानी कोषहरुको छुट्याएर बाँकी २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था थियो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ २२ हजार १ सय ९ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाउने छन् । लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुर नगरपालिका वडा नं ११, पिपलचौतारामा छ । लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुर नगरपालिका वडा नं ११, पिपलचौतारामा छ । लघुवित्तको हाल कायम चुक्तापूँजी ४ करोड २० लाख रुपियाँ छ भने आईपीओ बिक्री पश्चात ६ करोड ५६ लाख २५ हजार हुनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट balephihydro.com बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नजिता हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *