बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्ला, रिभर फल्स पावरको आज अन्तिम दिन

११ बैशाख २०७९, आईतवार ०४:४६

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ आजदेखि खुल्ला भएको छ । कम्पनीको आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.८ र ९ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ ।

लगानीकर्ताले छिटोमा २०७९ बैशाख २५ गते गतेसम्म र ढीलोमा २०७९ जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । तेस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैबीच रिभर फल्स पावर लिमिटेडले चैत्र २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि खुल्ला गरेको साधारण सेयर निष्कासन तथा बिक्रीको आज अन्तिम दिन रहेको छ। हामीलाई प्राप्त पछिल्लो डाटा अनुसार यस कम्पनीको आईपीओमा ३ हजार ३ सय ७ जनाले ४ करोड ८७ लाख ८ हजार रूपैयाँ बराबरको ४ लाख ८७ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिएको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्कासन गरिनेछ ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा वैशाख ११ गते र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *