१५.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
१० श्रावण २०७९, मंगलवार ०६:५३
नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल भएको छ ।
राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७ गते परिपक्व हुनेछ। यसैगरी केन्द्रीय बैंकले ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन आगामी कार्तिक ८ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल भएको थियो ।