बैंकिङ कसुरको आरोपमा अधिवक्ता पौडेल पक्राउ
१५ श्रावण २०७९, आईतवार १२:१२
बैंकिङ कसुरको आरोपमा अधिवक्ता चुडामणि पौडेल पक्राउ परेका छन् । चितवन स्थायी घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका अधिवक्ता पौडेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पौडेलले प्रभु बैंकको बबरमहल शाखा कार्यालयमा रहेको आफ्नो खातामा मौज्दात रकम नभएको जान्दाजान्दै कोटेश्वरका विष्णु गिरीलाई १५ लाख रुपैयाँको चेक दिएको आरोप लागेको छ । ‘चेक बाउन्स’ भएपछि गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा अधिवक्ता पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरले चुडामणि पौडेल नाम गरेको मान्छे झिकाइदिनू भन्ने आदेश गरेपछि मैतीदेवीबाट उनलाई पक्राउ गरिएको प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।