निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृति, असोज २३ मा उम्मेदवारी दर्ता

२४ श्रावण २०७९, मंगलवार ०७:०२

निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका स्वीकृति गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असोज २३ का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेको हो ।

त्यस्तै असोज ११ मा निर्वाचन अधिकृतहरु नियुक्त गर्ने, असोज २१ मा निर्वाचन अधिकृतको कार्यालय खोल्ने, कात्तिक २७ मा मतपत्र ढुवानी गर्ने तथा मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका रहेको छ ।

त्यस्तै साउन ३० गते समानुपातिकतर्फको कार्यालय स्थापना हुने र बन्दसुची पेस गर्ने कार्यतालिका असोज २ र ३ गतेका लागि तोकिएको छ ।

आयोगले आन्तरिक कार्यका लागि उक्त कार्यतालिका बनाएको बताउँदै यसमा केही हेरफेर हुने सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *