इजरायलले माग्यो १ हजार नेपाली कामदार, मासिक तलब २ लाख

१२ श्रावण २०७८, मंगलवार ०८:५५

१२ साउन, काठमाडौं । इजरायलले नेपालबाट १ हजार श्रमिकको माग गरेको छ । सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि आवेदनको माग गरेको हो।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलले स्याहारसुसार केन्द्र (केयरगिभर) कामका लागि नेपाली कामदारको माग गरेको हो ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार शुरुमा १ हजार जनाका लागि रोजगारी खुलाएको हो ।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रुपमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषका लागि जागिर खुलाइएको हो । उक्त सूचना अनुसार इजरायलको नियममा रहि ओभरटाइम काम गर्न पाइन्छ भने सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ । साथै प्रत्येक साता ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । कामदारले इजरायलको नियमअनुसार विदा पाउनेछन् भने खाना खर्च आफैले बेहोर्नुपर्ने हुन्छ । शुरुमा काम गर्ने अवधि १ वर्षका लागि करार हुन्छ भने त्यसपछि करार अवधि अधिकतम ५ वर्षसम्मको हुनेछ ।

कामदारहरुले पारिश्रमिकवापत मासिक ५३०० इजरायली मुद्रा अर्थात् करिब २ लाख नेपाली रुपैयाँ पाउनेछन् । इच्छुकले विज्ञापन प्रकाशित भएको २१ दिनभित्र अनलाइनबाट आवेदन भर्नुपर्नेछ ।

मापदण्ड यसप्रकार छन्

२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौल भएको हुनुपर्नेछ भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिना तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

विगतमा इजरालयलमा गइ काम नगरेको तथा बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

यस्तो छ विभागले प्रकाशन गरेको सुचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *