कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त
३० फाल्गुन २०७९, मंगलवार ०५:५५
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीको अध्यक्ष इन्दिरा पन्त र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन ।
अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ ।