सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट
सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्। जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्।
उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ९९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयरमध्ये ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ।
यस्तै, ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो।