लगानीकर्ताको अर्थमन्त्रीलाई आग्रह– शेयर धितो कर्जाको १२ करोडको सीमा हटाऔं, जोखिम भार १०० % मा झारौं
२० चैत्र २०७९, सोमबार ०९:३६
लगानीकर्ताहरूले नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर पूँजी बजारका विद्यमान समस्याहरू छिटो समाधान गर्न अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वको टोलीसँग महतले सोमवार भेट गरी शेयर बजार विकासका लागि अल्पकालीन र दीर्घकालीन सुझाव दिएका हुन् । उनीहरूले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको मनोबल उकास्ने काम गर्नुपर्ने जोड दिए ।
साथै उनीहरूले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरेका छन् । त्यस्तै चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र शेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जा दिन पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।