राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाब उपयुक्त छैनः पूर्वगभर्नर भट्टराई

१५ बैशाख २०८०, शुक्रबार ०३:५९

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाबलाई उपयुक्त नभएको बताएका छन् । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उद्योगी व्यवसायीको प्रवृत्ति निर्माण व्यवसायीको जस्तै भएको भन्दै उनले चालु पूँजी कर्जा प्रयोजन अनुसार खर्च हुनुपर्ने बताए । ‘एउटा प्रयव्जनका लागि लिएको कर्जा अन्यत्र खर्च गर्ने प्रवृत्ति गलत हो । चालुपूँजी कर्जा मार्गदर्शन कार्यान्वयन गर्नुपर्छ’ उनले भने ।

बैंक सर्वसाधारणको निक्षेपको कस्टोडियम भएको भन्दै उनले ऋण नतिर्ने र बैंकका कर्मचारीमाथि आक्रमण गर्ने प्रवृत्तिले बैकको निष्कृय कर्जा बढेको बताए । लघुवित्त, बचत तथा ऋण सहकारीमा समस्या रहेको उनको भनाइ छ । वार्षिकोत्सव अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर भट्टराईलाई सम्मान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *