गरिमा विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
गरिमा विकास बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू.५० करोड २१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू.५१ करोड २५ लाख पुगेको हो ।
banner ads
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. १ अर्ब ५७ करोड रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ८० करोड भन्दा बढी पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १७ रुपैयाँ ६९ पैसा रहेकोमा चालू आवमा बढेर १८ रुपैयाँ ६ पैसा पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ६७ करोड रहेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. २ अर्ब ५५ करोड र रिटेन्ड अर्निङमा रू. २ करोड ३१ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशलमव ३७ गुणा,तरलता अनुपात २४ दशमलव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ४७ पैसा रहेको छ ।