३१ प्रतिशतले नेपाल बैकको नाफा वृद्धि
२९ श्रावण २०७८, शुक्रबार १०:३६
२९ साउन, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैैक लिमीटेडले गत आर्थिक बर्ष ३ अर्ब रुपैँया नाफा कमाएका। बैंकले ३ अर्ब ६ करोड ४ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थि वर्ष नेपाल बैंकले २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँमात्रै खुद मूनाफा कमाएको थियो ।
एक वर्षको अवधिमा बैंकको कर्जा ३०.२३ प्रतिशतले वृद्धि भएको भने सर्वसाधारणबाट संकलन हुने निक्षेप १४ दशमलव ९९ प्रतिशतले बढेको छ भने बैंकको सेयर पुँजी १२ प्रतिशतले वृद्धि भएको छ त्यसैगरि रिजर्भ एण्ड सरप्लस ९।९९ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको निस्कृय कर्जामा केही सुधार भएको छ भने प्रतिसेयर आम्दानी (इपीएस) २०.६८ रुपैयाबाट बढेर २४.२६ रुपैयाँ पुगेको छ ।