नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष कर्जा सीमा १ करोडमा बढायो
१६ मंसिर २०८२, सोमबार ०५:३४
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा दोब्बरले वृद्धि गरेको छ। सोमबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा व्यक्तिगत अधिविकर्ष कर्जा सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ कायम गर्ने निर्णय गरिएको हो।
राष्ट्र बैंकका अनुसार कर्जा पहुँच विस्तार र वित्तीय प्रणालीमा तरलता व्यवस्थापन सहयोग पुर्याउने उद्देश्यले अधिविकर्ष कर्जा सीमा पुनः निर्धारण गरिएको हो। नयाँ सीमा लागू भएपछि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत ग्राहकलाई अधिकतम १ करोड रुपैयाँसम्म अधिविकर्ष सुविधा उपलब्ध गराउन सक्नेछन्।
