तेह्रथुम पावरको आईपिओ भदौ ९ गतेबाट खुल्ला

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

 

साउन ३१, काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपिओ भदौ ९ गतेबाट खुल्ने भएको छ । कम्पनीले १ सय रुपैँया अकिंत मुल्य पर्ने आठ करोड बराबरको करिब ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

जसमा ४० हजार कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि, १६ हजार कित्ता अर्थात् २ प्रतिशत सेयर कर्मचारीहरुलाई छुट्याइएको र बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp