ग्लोबल आइएमई बैंकको नाफामा ४१.८७ % बृदि, इपीएस कति ?

३२ श्रावण २०७८, सोमबार ०६:२४

साउन ३२, काठमाडौं । ग्लोबल आईएमइ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा बैंकले ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा पनि बढेको हो, भने बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.०५ प्रतिशतले बढेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी इपिएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *