सहकारीले ब्याजदर घटाउनु पर्नेमा अर्थमन्त्रिको जोड
साउन ३२, काठमाडौं । पछिल्लो केहि बर्ष यता सहकारी संस्थाहरु गाउँ तथा शहरमा च्याउसरी उम्रीएका छन् । एक कार्यक्रमबीच अर्थमन्त्रि जनार्दन शर्माले सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको भन्दै त्यसलाई घटाउनुपर्ने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनशिल क्षेत्रमा लगानी गर्न पनि आग्रह गरेका छन् । कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे ।
उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुका साथै अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोमा असन्तुष्टि व्यक्त गर्दै एक महिनाभित्र कोष खडा गरेर जानकारी गराउन आग्रह गरे ।
सहकारीले गरिबहरुसगं लिने चर्को ब्याजदर र घर तथा गाडि जस्ता अनुत्पादक क्षेत्रमा गर्ने लगानीले वास्तबिक गरिबीलाई झन बढावा दिने प्रति ध्यानाकर्षण गराएका छन् ।
देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।