विकास बैंकहरुको खुद नाफा ६ अर्ब ६ करोड रुपैयाँ, कुनको अवस्था कस्तो ?
साउन ३२, काठमाडौं । सक्रिय रहेका विकास बैंकहरुले यस बर्ष ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । ती मध्ये नारायणी डेभलपमेन्ट बैंक घाटामा गएको छ भने साल्पा डेभलपमेन्ट बैंकले विवरण नै प्रकाशित गरेको छैन।
प्राप्त विवरण अनुसार, सवै भन्दा बढि नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । बैंकको नाफा एक अर्ब १५ करोड रुपैयाँ छ । यसपछि गरिमा विकास बैंकले ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकको छ । बैंकले ४१ करोड ६९ लाख रुपैयाँ मात्र नाफा गरेको छ। सांग्रिलाभन्दा बढी नाफा साइन रेसुंगा, लुम्बिनी, कामना सेवा, महालक्ष्मी र ज्योति विकास बैंकको छ।
१० विकास बैंकको पुँजीमा प्रतिफल (रिटर्न अन इक्विटी अर्थात आरओइ) १० प्रतिशतभन्दा माथि छ। सर्वाधिक आरओइ कामना सेवाको १८ प्रतिशत छ । इपिएसमा पनि कामना सेवा नै अगाडि छ।