अन्ततः एमाले फुट्यो, माधव नेपाल समुह दल दर्ता गर्न निर्वाचन आयोग पुग्यो

२ भाद्र २०७८, बुधबार १३:५०

२ भदौ, काठमाडौं । अन्ततः नेकपा एमाले दुई चिरामा बिभाजित भएको छ ।वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो ।

केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेबाट छुट्टिएर माधव कुमार नेपालले ‘नेकपा एमाले सामाजवादी’ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।नेपाल समूहका नेताहरु आयोग पुगेका छन् । नेपाल नयाँ दर्ता भएको नेकपा एमाले समाजवादीको संयोजकमा रहेका छन् । ९५ सदस्यीय केन्द्रीय कमिटी हुने र चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *