Banking Khabar
Heading3

कर्जा र ब्याजसम्बन्धी सबै जानकारीसहित सरल बैंकिङ सेवा सुरु

October 8, 2021
सेयर:

काठमाडौं : निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी सम्पूर्ण जानकारी सरल रुपमा प्रदान गर्न सरल बैंकिङ सेवा सञ्चालनमा आएको छ।

बैंक तथा वित्तिय संस्थाहरूले लिने निक्षेप तथा प्रदान गर्ने कर्जाको  ब्याजदर, ब्याजदरको तुलना र अनलाइन बैंकिङसम्बन्धी सबै जानकारी एउटै छातामुनि एकै ठाउँबाट सहज र सरल तवरबाट सबैलाई उपलब्ध गराउन सरल बैंकिङ्ग सेवा  सञ्चालनमा ल्याइएको हो।

सेवा बिहीबार घटस्थापनाका दिनदेखि सुरू भएको कम्पनीले जनाएको छ।

सरल बैंकिङ सेवामा बैंक तथा वित्तिय संस्थाहरूले प्रदान गर्ने घर, गाडी, शैक्षिकलगायत कर्जाको ब्याजदर र सेवा शुल्कका बारेमा जानकारी समेटिएको छ भने आफैंले विभिन्न बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने ब्याजदरबीच तुलना गर्न सकिन्छ।

साथै, यसबाटै आफूलाई चाहिएको कर्जाका लागि आवश्यक योग्यता आफैंले मापन गर्न र कर्जाको मासिक किस्ता रकम (इएमआई) पनि आफैंले मापन गर्न सकिन्छ।

सरल बैंकिङ सेवामा बैंक तथा वित्तिय संस्थाहरूका क्रेडिट कार्डबारे समेत सम्पूर्ण जानकारी दिइएको छ।

‘बैंक तथा वित्तिय संस्थाहरूले प्रदान गर्ने निक्षेप तथा कर्जासम्बन्धी सानोभन्दा सानो जानकारी प्राप्त गर्न पनि बैंकमै धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्न पनि यस प्रकारको सेवाको सुरुवात गरेका हौं,’ सरल बैंकिङ सेवाका प्रबन्ध निर्देशक सुनिसकुमार लाखेले भने, ‘सरल बैकिङ सेवा सञ्चालनमा आएसँगै यसले नामअनुसार ग्राहकलाई सरल तरिकाबाट थप सेवासमेत प्रदान गर्नेछ।’

विशेषगरी, अबको केही समयमा सरल बैंकिङ सेवामा आबद्ध हुन चाहने सेवाग्राहीले सरल बैंकिङ सेवा डटकममा लगइन गरेर पनि आफूले चाहेको बैंक तथा वित्तिय संस्थामा सजिलै खाता खोल्न तथा कर्जा आवेदन दिन सक्नेछन्।

त्यस्तै, एकै ठाउँमा बसेर सम्पूर्ण बैंकको ब्याजदर तथा सेवा सुविधासम्बन्धी जानकारी तथा तुलना पनि गर्न सकिने प्रबन्ध निर्देशक लाखेले जानकारी दिए।