मानुषी लघुवित्तको आईपीओ बाँडफाँट सोमबार , ९८ प्रतिशत भन्दा धेरैको हात खाली
६ भदौ, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली सोमबार बाँडफाँट हुने भएको छ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको छ ।कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन हो ।
पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण हुनेछ ।
उक्त कम्पनीको शेयर गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १०(१० कित्ता र ३ जनाले ११(११ कित्ता पाउने छन् । साथै माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतले शेयर नपाउने देखिन्छ ।