एभरेष्ट बैंकको नयाँ शाखा बुढानिलकण्ठमा

११ भाद्र २०७८, शुक्रबार १४:३६

११ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा १०५ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बिहिबार एक कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका का, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यस नयाँ शाखामार्फत बैँकले त्यहाँका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ ।बैंकले देशभर १०५ शाखा र तथा १३७ एटिएम मार्फत आफ्ना ग्रहकहरुलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds