नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित !
१७ भाद्र २०७८, बिहीबार ०१:३८
- काठमाडाै – नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म ढुंगाना निलम्बनमा परेका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरेको हो । अध्यक्ष ढुंगानाबारे छानबिन गर्न मन्त्रिपरिषदले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का छन् ।