भदौ २० गतेबाट लाइसेन्सको परिक्षा सञ्चालन हुने

१३ भाद्र २०७८, आईतवार १२:१६

१३ भदौ, काठमाडौं । यातायात व्यवस्था कार्यालयले बागमती प्रदेशअन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन हुने भएको छ ।कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट रोकिएको लाइसेन्सको परिक्षा शुरु गर्ने भएको हो ।

आइतबार सूचना प्रकाशित गर्दै कार्यालयले गत वैशाख १५ गतेदेखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा यही भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।

कार्यालयले जारी गरेको सूचना अनुसार प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल)मा सहभागी हुन बाँकी परीक्षार्थीहरु र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds