४ भदौ, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।
ईपीएलको ब्रोडकास्ट र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आज हिमालय टेलिभिजनसँग सम्झौता गरेको छ ।
यस्तै, ओएसआर स्पोर्ट्सले युटुबबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।