हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै

१५ भाद्र २०७८, मंगलवार ०१:४४

सिमकोट– हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ। टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ।

लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन्। लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए।

गाडीको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको उनले बताए।

जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *