आजदेखि नयाँ नोट साट्न पाइने

४ आश्विन २०७८, सोमबार १२:५१

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आज ९असोज ४ गते, (सोमबार) बाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सामाजिक दरीको पूर्ण पालना गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *