नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन

१२ आश्विन २०७८, मंगलवार १५:१५

१२ असोज, काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हिजो साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत बोनश शेयरपछिको शेयर मुलय समायोजन गरेको हो ।

कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१।०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नेप्सेले कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य १६६६.रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो । आज मूल्य समायोजन पछि कम्पनीको शेयर कारोबार १३८८.४२ रुपैयाँँमा खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *