दुई दिन पछि फेरी ओरालो लाग्यो सुनको मोल, चादिँ पनि सस्तिदै

३ भाद्र २०७८, बिहीबार ०६:१२

दौ ३, काठमाडौं । आज विहिबार सुनको मुल्य ४ सय रुपैँयाले ओरालो लागेको छ । भने चादि पनि विहिबार २५ रुपैँयाले सस्तिएको हो ।

लगातार २ दिन सम्म उकालो लागेको सुन बुधबार तोलामा दुई सयले बढेर ९१ हजार दुई सय रुपैयाँ रहेको र आज बिहीबार प्रतितोला ९० हजार आठ सयमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि बिहीबार २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार यसको मोल तोलामा ५ रुपैयाँले घटेको थियो।

अन्तराष्ट्रिय बजारमा सुन तथा चादिँको मूल्य आज सुन प्रतिऔंस १७७८.४१ डलर र चाँदी प्रतिऔंस २३.२१ डलरमा कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *