आजदेखि उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली लागू
Heading1
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।
सम्बन्धित खबर
विद्युत् खेर गइरहेको छ : कुलमान घिसिङ
२७ मंसिर २०८२, शुक्रबार
व्यापारी हत्या घटना : प्रहरीद्वारा चारजना सार्वजनिक
२७ मंसिर २०८२, शुक्रबार
बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्न चेम्बर्स अफ कमर्सको माग
२७ मंसिर २०८२, शुक्रबार
