नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
बैंकिङ
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं । नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी हुनेछ र यस्तै, सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरूबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।
सो सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्नेछन् ।
सम्बन्धित खबर
साताको सेयर बजारः २२ अर्ब ७६ करोडको सेयर कारोबार
२७ मंसिर २०८२, शुक्रबार
तरलता व्यवस्थापनका लागि २० अर्ब बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक
२७ मंसिर २०८२, शुक्रबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकार सेवामा विशेष छुट
२७ मंसिर २०८२, शुक्रबार
