Banking Khabar
बैंकवित्त

गरिमा विकास बैंकको घरदैलो कार्यक्रम सम्पन्न

September 20, 2022
सेयर:

काठमाडौं । यस विकास बैंकले मिति २०७९ साल आश्विन ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत नेपालभर करिब ५० हजार ग्राहकलाई विभिन्न बैकिङ्ग सेवा प्रदान गरिएको छ ।

बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै, यस विकास बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिदै आईरहेको छ ।